इन्द्रेणी संवाददाता
पछिल्लो समय गाडी पारखीहरुका लागि सर्वाधिक रुचाइएको विश्व प्रसिद्ध युरोपेली ब्राण्डको गाडी स्कोडा कम्पनीले नेपालमा आफ्नो गाडी चढ्ने ग्राहकहरुका लागि नयाँ अफर सार्वजनिक गरेको छ ।
नेपालका बैंकहरुमा आर्थिक मन्दी बढेका बेला आफ्ना ग्राहकहरुलाई थप सुबिधा होस् भन्ने उद्देश्यले कम्पनीले आफै फाइनान्सको सुबिधा सहितको अफर सार्वजनिक गरेको हो ।
बैंकबाट फाइनान्सको सुबिधा नपाइएको बेला मर्का नपरोस भन्ने उद्देश्यले कम्पनीले ९.९९ प्रतिशत व्याजमा १ बर्षका लागि अफर रहेको महादेव अटो मोबाइल प्रालीका संचालक रुद्र शर्माले बताए ।
युरोपेली विश्व प्रसिद्ध ब्रान्डको गाडी स्कोडा कुशाकले ग्लोबल एनक्यापबाट ५ स्टार सुरक्षा रेटिङ प्राप्त समेत गरेकाले यो गाडी चढ्न अत्यन्तै सुरक्षित र भरपर्दो भएको संचालक शर्माको भनाइ रहेको छ ।
यो गाडी चढ्न पनि सुरक्षित र आफै फाइनान्सको सुबिधा प्रदान गर्ने भएकाले गाडी तिब्र रुपमा बजार संचालक शर्माको विश्वास छ ।











