नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले दलहरुले भन्दै आएको लोकतन्त्र जनताका लागि नभएको बताएका छन्।
मंसिर ४ को निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै नेकपा क्रान्तिकारी माओवादी, नेकपा मशाललगायत दलहरुले निकालेको विरोध र्यालीपछि काठमाडौंको शान्तिबाटिकामा आयोजित कोणसभामा वैद्यले दलहरुले प्रतिगमनविरुद्ध लोकतन्त्र भने पनि सो लोकतन्त्र जनताका लागि नभएको बताए।
देशमा पटक-पटक परिवर्तन भए पनि मजदुर किसान, महिला, जनताले त्यसको महसुस गर्न नसकेको उनको भनाइ छ। वैद्यले अहिले नेताहरूका साथै व्यवस्था नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको बताए।
प्रतिक्रियावादी पुँजीवादी संसदीय व्यवस्था खारेज गर्नुपर्ने, नयाँ जनवाद-वैज्ञानिक समाजवाद लागू गर्नुपर्ने भन्दै उनीहरुले मंसिर ४ को निर्वाचन बरिस्कार र अवज्ञा गर्ने निर्णय गरेका हुन्।











