सर्वाेच्च अदालतले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालिन अन्तरिम आदेश दिएको छ । मंगलबार बसेको न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सोसम्बन्धि रिटको सुनुवाइ गर्दै थप पाँच सय रुपैयाँ शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालिन अन्तरिम आदेश दिएको हो ।
मंसीर ४ गतेबाट सुरु हुने सो विश्वकप फुटबल प्रतियोगिताको नेपालबाट प्रशारण गर्ने अधिकार पाएको मिडिया हब प्रालिले दर्शकसँग थप ५ सय उठाउने निर्णय गरेपछि अधिवक्ताहरु किशोर पौडेल,
अनुपम भट्टराईले सो निर्णयमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । नेपालको कुनै पनि कानुनले त्यसरी दर्शकका लागि अरिरिक्त शुल्क लिन पाउने व्यवस्था नगरेकाले त्यसलाई रोक्नका लागि आफूहरुले सर्वोच्च अदालतमा रिट दिएको र सो निर्णय कार्यान्वयन नगर्न, नगराउन अल्पकालिन अन्तरिम आदेश जारी भएको अधिवक्ता किशोर पौडेलले बताए ।