
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित संघीय सरकारका १७ जना मन्त्री चुनावी मैदानमा छन् ।
अरू उम्मेदवार र निर्वाचन क्षेत्रको तुलनामा संघीय सरकारका मन्त्री उम्मेदवार भएको क्षेत्रलाई सबैले विशेष चासाको साथ हेर्ने गरेका छन् । ललितपुर प्रतिनिधिसभा क्षेत्र नं ३ मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रहेकी नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल चुनावी मैदानमा छन्
उनले यसअघि २ पटक यसै क्षेत्रबाट निर्वाचन जितिसकेकी छन् । २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा माओवादीबाट जितेकी भुसालले २०७४ सालमा नेकपा एमालेसँगको गठबन्धनबाट चुनाव जिते । यस पटक भने नेपाली कांग्रेससँगको सत्ता गठबन्धनकी उम्मेदवार छिन्










