सुर्खेत । मुगुबाट सुर्खेतका लागि छुटेको भे १ छ ४४१२ नम्बरको जीप दुर्घटना हुँदा तीन जनको मृत्युु भएको छ । कालीकोटको तिलागुफा नगरपालिका ५ खल्लागाडमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ

मृत्यु हुनेहरुको ठेगाना नखुलेका वर्ष २१ का अकल विक, वर्ष २५ का सुदर्शन सेजुवाल र वर्ष २१ का रमेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक डीएसपी जयश्वर रिमालले जानकारी दिए । दुर्घटनामा सात जना घाइते भएका छन् ।

उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको छ । घाइते हुनेमा हुम्लाका २२ वर्षीय केशरी शाही, २४ वर्षीय उज्जवल सिंह, मुगुका १७ वर्षीय धिरज बुढा, १६ वर्षीय गोपीचन्द्र बुढा, ३१ वर्षीय सन्तोष शाही र मुगु घर भएका गाडी चालक ३५ वर्षीय प्रेमसिंह बडुवाल छन् भने अन्य एक जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । जीप सडकबाट ५० मिटर तल खसेको हो ।