नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले आफूले जय नेपाल भन्दै आएको शव्दको रहस्य खुलाएका छन्। मंगलबार जुम्ला जिल्लामा भएको वाम–लोकतान्त्रिम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई भेटेदेखि नै जयनेपाल भन्न सुरू गरेको बताएका हुन्।

‘गिरिजाप्रसाद कोइरालाले एकतर्फ लालसलाम भन्नु भएको थियो। अर्कोतर्फ मैले गिरजाप्रसाद कोइरालालाई जय नेपाल भनेको थिएँ। त्यहीबाँट सुरू भएको थियो लालसलाम र जयनेपालको मित्रता’, उनले भने, ‘अनि जतिबेला हामीले हस्ताअक्षर गरौँ, विस्तृत शान्ति सम्झौतामा, त्यसको अर्थ के थियो भने गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप लगाउनु भएको थियो।

मैले माओवादी अध्यक्षको हैसियतले कांग्रेसको रुख चिह्नमा छाप लगाएको थिएँ। नेपालमा एक युगान्तकारी परिर्वतन सम्भव भएको थियो।’ प्रचण्डले चुनावी सम्बोधन गर्दा सुरुमै जुम्लाका नेता–कर्यकर्तालाई आफूले जय नेपाल भन्दै आएकोबारे स्पष्ट पारे।उनले कार्यक्रममा सहभागी पाँच दल गठबन्धनका सबै नेताहरुलाई ऐतिहासिक सन्दर्भलाई सबैले विचार गर्न र यदि विस्तृत शान्ति सम्झौतामार्फत, संविधानसभामार्फत संघीय लोकतान्त्रीक गणतन्त्र र शान्तिको युगको सुरुवात भएको कुरा महान् भएको ठान्नु पर्ने बताए।