नेकपा (माओवादी केन्द्र)की नेतृ ओनसरी घर्तीले सत्तारूढ गठबन्धनका कारण आसन्न निर्वाचनमा आफ्नाे जित सुनिश्चित भइसकेको बताएकी छिन्।

सोमबार काठमाडौं २ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले आफ्नो जित सुनिश्चित भइसके पनि प्रक्रिया पूरा गर्न मात्रै मंसिर ४ कुर्नुपरेको दाबी गरिन्। उनले भनिन्, ‘गबठन्धनका कारण हामी आफ्नो जित निश्चित भएको महसुस गरिरहेका छाैँ। हामी आगामी ४ गतेको चुनावी प्रक्रिया मात्रै पर्खिएर बसेका छौँ।’

सत्तागठबन्धनले बोलेको गर्ने र सक्ने मात्रै बोल्ने उनकाे भनाइ छ। उनले आफू नागरिकमाझ सम्भव भएका मात्र कामका प्रतिबद्धता लिएर उपस्थित भएको प्रस्ट पारिन्। ‘हामी आमनागरिकमाझ गर्न सक्ने प्रतिबद्धता लिएर आएका छौँ। जे सक्छौँ त्यो गर्छौँ। जे बोल्छौँ, त्यो गर्छौँ,’ घर्तीले भनिन्।