काठमाडौं  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्।
प्रतिवद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले चुनावमा जिते निशुल्क स्वास्थ्य र शिक्षालाई जोड दिने बताए।

उनले भने,’ आगामी चुनावमा निर्वाचित भए दिगो आर्थिक वृद्धिमा जोड दिइनेछ। उच्चस्तरीय नागरिक आयोग गठन गरी  शीर्ष नेताहरुको सम्पत्ती सार्वजनिक गर्ने कानुन बनाइनेछ।’

उनले नेपालको भू-भाग कसैलाई पनि प्रयोग गर्न नदिइने बताए। जेष्ठ नागरिक र असक्तहरुको घरमै स्‍वास्थ्य सेवा उपलब्ध गराउने घोषणापत्रमा समेटिएको छ।