युवाहरुको ठूलो संख्याले फलाले गरेको एमआरआर (मेन्स रुम रिलोडेड) ग्रुपलाई फेसबुकको कम्पनी मेटाले निस्क्रिय बनाइदिएको छ । कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेको भन्दै फेसबुकले यो ग्रुपलाई निस्क्रिय बनाइदिएको हो ।

तर, एमआरआरका एडमिनले कुन पोस्टका कारण फेसबुकको कम्युनिटी गाइडलाइन्स उल्लंघन भएको भन्ने खुलाएका छैनन् ।गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौंका मेयर बालेन्द्र साहको पक्षमा यो ग्रुपमा अत्यधिक धेरै पोस्टहरु हुने गरेका थिए ।

फेसबुकमा एडमिनले नै आफ्नो ग्रुप फेसबुकले निस्क्रिय बनाइदिएको जानकारी चाहिँ दिएका छन् ।पछिल्लो समय राजनीतिक पोस्टहरु पनि हुन थालेको यो ग्रुप यसअघि पनि बारम्बार विवादमा आउने गरेको थियो ।।