तुलसीपुरमा दुई जना किशोरकिशोरीको हत्या भएको एक हप्तापछि प्रहरीले पक्राउ परेकामध्ये दुई जनाविरूद्ध मुद्दा चलाउन सिफारिस गर्ने अन्तिम तयारी गरेको छ।

सबैभन्दा पहिला पक्राउ परेका टिपर चालक र उनका सल्यानका साथीविरूद्ध किटानी जाहेरीसहित प्रहरीले उनीहरूबिरूद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालयसमक्ष सिफारिस गर्ने अन्तिम तयारी गरेको घटना अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले जानकारी दिएका छन्।

‘प्रहरीले पक्राउ परेकामध्ये हेटौंडाका टिपर चालक सल्यानका उनका साथीविरूद्ध मुद्दा चलाउनका लागि सरकारी वकिल कार्यालयलाई आग्रह गर्ने अन्तिम तयारी गरिसकेको छ,’ ती प्रहरी अधिकारीले भने, ‘हामी आइतबार नै हत्यामा संलग्न सम्भावित अभियुक्तको बयान र प्रमाणका आधारमा मुद्दा चलाउन आग्रहका साथ सिफारिस गर्दैछौं।’

पक्राउ परेकामध्ये टिपर चालकले घटना स्वीकार्दै सरसर्ती बताएको, दोस्रो दिन हत्यास्थल देखाएको प्रहरीको दाबी छ।

पक्राउ परेका सल्यानका युवा पनि चालक नै हुन। उनको ससुराली दमारगाउँमै हो। प्रहरीका अनुसार पक्राउ परेका उनीहरू मिल्ने साथी हुन्।

‘अघिल्लो दिन उनीहरूले एक-अर्काको मोबाइल सेट साटेको र घटनालगत्तै सल्यानका युवाले आफ्नो मोबाइल फोन अफ गरेपछि अत्तालिदै फोन डायल गर्ने क्रममा टिपर चालकले शरदकी हजुरआमालाई फोन सम्पर्क गरेको भन्ने खुलेको छ,’ एक प्रहरी अधिकारीले भने, ‘म शरदको हजुरआमा हुँ भनेपछि उसले शरद खै, कहाँ छन् भनेर सोधपुछ गरेको खुलेको छ।’

सल्यानका ती  युवाले मुख नखोलेपछि प्रहरीलाई घटनामा संलग्न रहेका भनिएका अन्य दुई जना को थिए? भनेर पत्ता लगाउन कठिन भइरहेको छ।रोशनी र शरदको हत्यामा संलग्न अन्य दुई जना को हुन र उनीहरूको हत्याको कारण के थियो? भन्ने कुराको निचोडमा प्रहरी पुग्न त्यही भएर सकिरहेको छैन,’ अर्का एक प्रहरी अधिकारीले भने, ‘यद्यपी विभिन्न आधारमा सल्यानका युवाले इन्कार गरे पनि उनको संलग्नता पुष्टि गर्ने थुप्रै आधार फेला परिसकेका छन्।’

प्रहरीको हालसम्मको अनुसन्धानले रोशनी र शरद हत्यामा त्रिकोणात्मक प्रेमलाई  कारण मानेको छ। यसअघि पनि प्रहरीले ‘मल्टिपल रिलेसनका कारण घटना भएको हुन सक्ने बताउँदै आएको थियो। अन्यथा उनीहरुको हत्या हुने त्यस्तो खास कारण नरहेको प्रहरी अधिकारीहरु बताउँछन्।

रोशनीका बुवाआमा दुबै रोजगारीका लागि छिमेकी देश भारतमा थिए। दाजु केही समय पहिले मात्रै भारत गएका थिए। दुई दिदी बहिनी मात्रै घरमा बस्दै आएका थिए। दुबैले स्थानीय अम्बापुर माविमा कक्षा ८ मा पढ्ने गर्थे। रोशन पनि आमासँगै दमारगाउँमै मामाको घरमा बसेर सोही विद्यालयमा कक्षा ९ मा पढ्दै थिए।  उनका बुवा आमाको छोडपत्र भएका कारण आमा पनि माइतीमै बस्दै आएकी थिइन।

‘गरिबीसँग जुधिरहेका परिवारका उनीहरू दुबैलाई धन पैसाका बन्धक बनाउने वा अपहरण गरी हत्या गर्नुपर्ने कारण देखिँदैन,’