घाेराही, ५ कार्तिक । दाङकाे घाेराहीमा एमाले कार्यकर्ता शालिकराम खनाल सहित तीन जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

खनाल सहित वसन्त अधिकारी, हुमाकान्त अधिकारी लगायत एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन्  । उनिहरूलाई माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराले टीका र खादा लगाएर स्वागत गरेका थियाे ।

कार्यकर्ममा बाेल्दै महराले मुलुकमा संविधानकाे रक्षा गर्ने र उपलब्धिहरूलाई मास्ने शक्तिहरू बीच धुब्रीकरण शुरू भएकाे बताए । उनले माओवादी, कांग्रेस सहितकाे नेतृत्वमा परिवर्तनका पक्षधर शक्तिहरूकाे र एमाले, कमल थापा, राजेन्द्र लिङ्देलहरूकाे नेतृत्वमा परिवर्तन बिराेधिहरूकाे शक्तिहरूकाे गठबन्धन रहेकाे स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै महराले आगामी निर्वाचन पछि परिवर्तन बिराेधी शक्तिहरू समाप्त हुने दावी समेत गरे  । कार्यकर्ममा बाेल्दै माओवादी केन्द्रका स्थानीय समिति सदस्य एवम् गठबन्धनकाे तर्फबाट दाङ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार रेखा शर्माले याे निर्वाचन सामान्य आवधिक निर्वाचन नभएर गणतन्त्रकाे पक्षधर र गणतन्त्र बिराेधिहरूबीचकाे लडाइ भएकाे बताइन । उनले दाङकाे समृद्धिका लागि आफ्नाे उम्मेदवारी रहेकाे स्पष्ट पारिन । विष्णु खनालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चाला माओवादी केन्द्रका युवा नेता जंग राेकाले गरेका थिए ।