नेकपा एमालेका महासचिव शंकर पोख्रेल २०५१ साल पछि दोस्रो पटक प्रतिनिधिसभामा पुग्ने प्रयासमा छन् ।२०५६ २०६४ र २०७० को ३ वटा निर्वाचनमा पराजित भएका पोख्रेल २०७४ सालमा प्रदेश सभाको निर्वाचनमा जीत हात पार्दै मुख्यमन्त्री बनेका थिए तर उनका लागि संसदीय चुनावमा जीत हात पर्नु चुनौतिपूर्ण बन्दै आएको छ ।
दाङको क्षेत्र नम्बर २ बाट चुनाव लड्न लागेका पोखरेल यसपटक नेकपा माओवादी केन्द्र की रेखा शर्मा सँग प्रतिस्पर्धा गर्दैछन् ।
एमालेका बैचारेक नेताका रूपमा चिनिने पोख्रेल धेरैजसो नीति र सिद्धान्तका कुरा गर्छन राष्ट्रपति विद्यादेवी भण्डारी का विश्वासपात्र र एमाले अध्यक्ष केपी शर्मा ओलीका उत्तराधिकारीका रूपमा पोख्रेललाई कार्यकर्ताले हेर्ने गरेका छन् र माओवादी नेता शर्मा पार्टीभित्र उदयीमान प्रतिभाशाली नेता हुन् संघीय सरकारमा मन्त्री भैसकेकी शर्मा प्रभावकारी संसदीय भूमिका नि छवि बनाइएकी नेता हुन् ।
गत वैशाखको स्थानीय तहको निर्वाचनको परिणामलाई आधार मान्ने हो भने यो क्षेत्रमा सत्ता गठबन्धनको उम्मेदवार रेखा शर्मा सहज आबस्थामा छिन । एस क्षेत्रमा सत्ता गठबन्धनका अदक्ष उम्मेदवारहरुले ३६१४६ नेकपा एमालेका वडाअध्यक्ष हरुका उम्मेदवारले ३३५९३ मत प्राप्त गरेकाछन्।
तर एमाले नेताहरु शंकर पोखरेल व्यक्तित्वका कारण चुनाव जिते दाबी गर्छन् लुम्बिनी प्रदेशको राजधानी दाङमा राख्नेने निर्णय गराएकाले त्यसको फाइदा पोख्रेललाई मिल्ने उनीहरूको तर्क छ। आफूले दाङलाई राजधानी बनाउने कुराको विषय जोडतोडका साथ उठाउदै छन। आहिले शंकर पोख्रेल अर्कोतर्फ विगतमा सामान्य प्रशासन मन्त्री भएका शर्मा पहिलो पटकप्रत्यक्षतर्फ निर्वाचन लड्न लागि व्यक्ति हुन् ।शर्माले संविधानको रक्षा र प्रतिगमनको परास्त गर्न निर्वाचन लड्न लागेको बताउछिन
प्युठान सँग सिमाना जोडिएको दाङमा दुबै जिल्लाबाट बसाइँसराइ गरेर आएकाहरुको बाक्लो उपस्थिति छ ।आस्थाका दृष्टिकोणले रोल्पालीहरु माओवादी निकट मानिन्छन्। यसको लाभ रेखा शर्मालाई पर्ने देखिन्छ यस्तै नेपाली काँग्रेसको पकड भएको क्षेत्र भएकाले कांग्रेसको मत रेखालाई जित निकाल्न सजाउने देखिन्छ ।
आर्को तर्फस्थानीय निर्वाचनमा पालिका प्रमुखमा आफू दलको उम्मेदवारलाई जिताउन सकेका कारण उनी यसपटक निर्वाचन जित्नेमा उत्साहित छन् स्थानीय निर्वाचनका बेला मा जस्तो गठबन्धनमा किचलो नभएका कारण यसपाली जीत हत पार्ने कार्यकर्ताहरु बताउँछन्।
र यी दुबैलाई जितको लागि कांग्रेसको मत नै निर्णायक मत देखिन्छ सर्मालाई जितको लागि कांग्रेसको मत तान्न चुनौतीपूर्ण छ। भने पोख्रेल जितका लागि कांग्रेसको मत आकर्षित गर्नुपर्ने हुन्छ दुईको रोचक प्रतिस्पर्धा को नतिजा भने आगामी मंसिर ४ पछि नै थाहा पाउने छौं।











