सर्वोच्च अदालतले रूपन्देही-२ मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय सदर गरेको छ।
यसअघि आफैंले गरेको अल्पकालीन आदेश निरन्तर नहुने भनेको छ।गुरूङले दिएको रिटमा न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले शुक्रबार अन्तरिम आदेश नहुने भनेको हो।कालो सूचीमा नाम कायम रहेका व्यक्ति प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन नपाउने पनि इजलासको आदेशमा उल्लेख छ।
‘कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लिखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन। यस अदालतबाट असोज ३० मा जारी भएको अल्पकालीन आदेशलाई निरन्तरता प्रदान गरिरहन परेन,’ आदेशमा भनिएको छ।













