उपनिर्वाचनमार्फत दाङ जिल्लाको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला कुमारी वली खत्री बेलाबखत निकै चर्चामा आइन् । पति उत्तर कुमार वलीको निधनपछि भएको उपनिर्वाचनमा तत्कालीन नेकपाले विमलालाई उम्मेदवार बनाएर जिताएको थियो । उनी लुम्बिनी प्रदेशसभा सदस्य हुँदै गठबन्धनको सरकार बन्दा स्वास्थ्य राज्यमन्त्री समेत भइन् ।

नेकपा खारेजीपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएसँगै वली दुई दलको तानातानमा परेकी थिइन् । उनलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्नो दलको सांसदका रुपमा दाबी गरेका थिए ।

सोही क्रममा उनी केही दिन तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको अघोषित नजरबन्दमा समेत रहिन् । मुख्यमन्त्री निवासमा आफूलाई थुनेर राखिएको भन्दै उनले तत्कालीन मुख्यमन्त्री पोखरेलमाथि अपहरणको आरोपसमेत लगाएकी थिइन् । त्यसपछि उनले आफू नेकपा माओवादी केन्द्रमा रहेको स्पष्टोक्ति दिएकी थिइन् ।

पाँच दलीय गठबन्धनले लुम्बिनी प्रदेश सरकार गठन गर्दा बहुमत जुटाउन उनको साथ निकै महत्त्वपूर्ण थियो । तर आसन्न निर्वाचनका लागि भने उनी कुनै पनि दलको रोजाइमा परिनन् ।

मेरो क्षेत्रमा परेका योजनाहरु काटेर अयन्त्र पठाउने काम भयो । म सांसद भएँ, राज्यमन्त्री पनि भएँ तर मेरो क्षेत्रमा बजेट काट्ने काम दुवै मुख्यमन्त्रीको पालामा भएको छ ।’ उनले आफू राज्यमन्त्री हुँदा मन्त्रालयको बजेट प्रयोग गर्न नपाएको पनि बताइन् । उनले आफ्ना क्षेत्रबाट जनताको मागको आधारमा पठाएका योजनाहरु काट्दा निकै दुःख लागेको बताइन् ।

उनले माओवादी पार्टी दलित, महिला तथा पिछडिएको वर्गको पक्षमा काम गर्ने भन्ने ठानेर आफू लागे पनि त्यो नभएको महसुस गरेपछि अब पार्टीमा सक्रिय नहुने मनसाय बनाएको पनि प्रस्ट पारिन् । आफूलाई समानुपातिकतर्फ समेट्ने आश्वासन दिइएकामा त्यो पनि पूरा नभएको उनको गुनासो छ ।