काठमाण्डु, ४ साउन– सरकारको समर्थन फिर्ता लिएर व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना विशेष दूत दिल्ली पठाएको भारतीय मिडिया द हिन्दुले जनाएको छ ।
प्रचण्डदूत तथा माओवादी नेता मात्रिका यादवले दिल्लीमा प्रचण्डप्रतिको धारणा परिवर्तन गर्न र नयाँ सरकार गठनका लागि सहयोग गर्न आग्रह गरिरहेको उसले दाबी गरेको छ ।
माओवादी नेता बेइजिङसँग नजिक भएको भ्रम मेटाउन मात्रिकाले त्यहाँका नेतासँग भेटघाट गरेको उसले लेखेको छ ।
तीन दिने दिल्ली भ्रमण्का क्रममा उनले कांग्रेस आइका करण सिंह जेडीयुका शरद यादव, राष्ट्रिय कांग्रेसका देवीप्रसाद त्रिपाठी लगायतका नेतालाई भेटेको द हिन्दुले जनाएको छ ।