घोराही, ४ साउन ।
नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिवन केन्द्र स्वर्गद्वारी आश्रम दाङको दोस्रो अधिवशेन आगामी साउन २५ गते घोराहीमा हुने भएको छ । २०५४ सालमा स्थापना भइ अपाङ्ता भएकाहरुको क्षेत्रमा काम गर्दै आएको अपाङ्ग संघ झिगौंरा खगेन्द्र नवजिवन केन्द्रको शाखा भएपछिको यो दोस्रो अधिवेशन हो ।
अपाङ्ग संघ दाङका अध्यक्ष भोलानाथ योगीको अध्यक्षतामा सोमबार बसेको बैठकले साउनको २५ गते अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले अपाङ्ग संघलाई विभिन्न कार्यक्रम गर्नका लागि सहयोग गर्ने, नेपाल सरकार समाज कल्याण मन्त्रालय, जिल्ला विकास समिति, महिला विकास कार्यालय, घोराही नगरपालिका कार्यालय लगायतलाई धन्यवाद दिएको छ । अधिवेशनका अघि सदस्यता नविकरण गर्न सम्पूर्ण सदस्यहरुलाई आग्रह गरेको छ ।
अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नका लागि अध्यक्ष भोलानाथ योगीको संयोजकत्वमा समिति पनि बनाएको अपाङ्ग संघ दाङका उपाध्यक्ष श्रीमन न्यौपानेले जानकारी दिनुभयो । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिवन केन्द्र दाङ शाखाले राप्ती अञ्चललाई खुँडे मुक्त अंचल घोषणा गर्ने लगायतका कामहरु गरिसकेको छ ।।
