नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनबाट महासचिव पदमा नेत्रविक्रम चन्द (विप्लव) चयन भएका छन्। उनी सर्वसम्मत रूपमा महासचिव चयन भएका छन्।विप्लव यसअघि पनि महासचिव थिए।

कपिलवस्तुमा भएको नवौं महाधिवेशनले उनलाई सर्वसम्मत महासचिवमा चयन गरेको हो ।नेकपा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का अनुसार महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति पनि चयन गरेको छ ।