Rapper Samir Ghising (VTEN) Photo: Facebook/Samir Ghising

उनले आफ्नो इन्स्टाग्रामबाट पनि दुई वटा पोस्ट बाहेक सबै तस्बिर हटाएका छन्।केही समय अगाडि उनले जापानमा कन्सर्ट गरेका थिए। उक्त कन्सर्टमा उनले आफ्नो टाउकोमा बोटलले हान्ने जस्ता प्रवृति गरेका थिए।

त्यसपछि उनका फ्यानहरूले समेत उनको मानसिक स्थिति ठिक नभएको भन्दै उपचार गराउनको लागि सुझाएका थिए।रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएका थिए।नेपाली र्‍यापर गिरीश खतिवडाले आफ्नो भ्लगमा उनलाई ल्याएपछि भिटेन थप चर्चित भए। यस्तै ‘हामी यस्तै त हो नि ब्रो’ गीत ल्याएर युवामाझ चर्चित बनेका छ !

आफ्नो आधिकारिक युट्युब च्यानल भिटेन म्युजिकबाट उनले एउटा बाहेक सबै गीत हटाए । १३ दिनअघि रिलिज भएको ‘आफ्नै बाटो’ बोलको गीत बाहेक भिटेनले सबै गीत हटाएका थिए । तर बुधबार दिउँसो भने आफूले हटाएका सबै गीत उनले युट्युबमा पुन: राखेका छन् ।

मंगलबार रातिदेखि भिटेनले यी सबै गीत गायब बनाएका हुन् । यति मात्र होइन,  । उनको फेसबुक पेज पनि निष्क्रिय छ ।उनले किन यस्तो गरे भन्ने कुरालाई लिएर सामाजिक सञ्जालमा चर्चा चलिरहेको छ । मुडी स्वभावका भिटेनको यस्तो हर्कतले फ्यानलाई थप चिन्तित बनाएको छ । भिटेन गत सातासम्म जापानमा थिए । उनको अन्तर्राष्ट्रिय टुर पनि चलिरहेको छ ।