नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणसँग कार्तिक ४ गते प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् ओलीले आगामी कात्तिक ४ गते कुरा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

मंगलबार फेसबुकमा स्टाटस राख्दै उनले‍ सबैलाई आफ्नो फोन नम्बर उनको फेसबुकको म्यासेज बक्समा छोड्न अनुरोध गरेका छन्।४ कार्तिकमा देशभरिका जुनसुकै नागरिकले पनि ओलीलाई फोन गरेर प्रत्यक्ष सुझाव दिन सक्ने उनको सचिवालयले जनाएको छ ।

कुराकानीका लागि ४ गते अपराह्नको समय छुट्याइएको छ ।यसअघि सामाजिक सञ्जालमा रहेका धेरै प्रयोगकर्ताले चुनावी एजेन्डालगायत विषयमा ‘लाइभ डिबेट’ मा आउन आग्रह गरेकोमा आफू त्यसका लागि तयार रहेको पनि ओलीले उल्लेख गरेका थिए।