काठमाडौं, ३० भदौ । चीनसँगको रसुवागढी–केरुङ नाका आजदेखि खुलेको छ ।

हिजो चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्ताका क्रममा तत्कालै नाका खुल्ने जानकारी । चान्सुको जानकारीसँगै आजदेखि रसुवागढी नाका खुलेको हो ।

कोरोना महामारीलाई कारण देखाएर चीनले बेलाबेला नाका बन्द गर्दै आएको छ । जसका कारण चीनबाट आयात हुने सामग्री प्रभावित भएका थिए भने निर्यात ठप्प रहेको थियो ।