काठमाडौं, २८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओली लगायत एमाले नेताहरुसँग चान्सु नेतृत्वको प्रतिनिधि मण्डलबीच संसद् भवनमा भेटवार्ता भएको हो । भेटवार्तामा दुईपक्षीय हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।

लीले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्दै छन् ।