इन्द्रेणी संवाददाता
चौरजहारी, २८ भदौ । चाडपर्व नजिकिदै गर्दा रुकुम पश्चिम चौरजहारी नगरपालिकाले बजार अनुगमन तीब्रता दिएको छ । बजार अनुगमनअन्तर्गत नियमित कार्यक्रमअनुसार नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको हो ।
नगरपालिकाले सोमबार चौरजहारी २ स्थित नयाँ बजार क्षेत्रका पसलहरूमा अनुगमन गरेको छ । नगरपालिकाको टोलीले त्यस क्षेत्रका विभिन्न २२ वटा पसलहरूको अनुगमन गरिएको छ ।
सो क्रममा खाद्य वस्तुहरूको म्याद गएको नगएको, व्यवसाय दर्ता, मूल्यसूची, सफाइ भए/नभएको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा म्याद गएका २६ पोका दालमोट र ६ वटा जुस भेटिएको थियो। अनुगमनका क्रममा व्यवसाय दर्ता र नवीकरण नगरेका पसलहरूबाट दर्ता नवीकरण गरेर २१ हजार ७ सय राजश्व पनि असुल गरिएको छ ।











