चितवन, १७ साउन । गएराति ११ बजेदेखि बन्द भएको मुग्लिन–नारायणगढ सडकखण्ड बन्द छ । पहिरोका कारण बन्द भएको सडक अझै खुलेको छैन । पहिरो पन्छाउने काम भइरहे पनि आज बेलुकीअघि सडक खुलाउन सकिने सम्भावना कम रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ

फोटो फाइल

भरतपुर महानगरपालिकाको १७ किलो र इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ३ नम्बर पुलको बीचमा खसेको पहिरो पन्छाइएको छ । भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारी र मुग्लिन नजिक घोप्टेखोलाको पहिरो पन्छाउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।

गएरातिदेखि नै सडक बन्द भएकाले यो सडक खण्डमा गाडीको लामो लाइन छ । रातिदेखि नै रोकिएका यात्रुहरू भोक, तिर्खा र गर्मी सहेर बस्न बाध्य छन् ।