घोराही, १५साउन । लायन्स क्लब अफ घोराही सिटीको अध्यक्षमा पवन योगी निर्वाचित भएका छन् । सन् २०२२–२०२३ का लागी योगी अध्यक्षमा निर्वाचित भएका हुन् । शुक्रवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी योगीसहित नयाँ कार्यसमितिले सपथ तथा पदभार ग्रहण गरेका छन् ।

लायन्स क्लब अफ घोराही सिटीका सन् २०२१–२०२२ का अध्यक्ष ललित श्रेष्ठको अध्यक्षता एवं लुम्बीनी प्रदेशका उर्जा, जलश्रोत तथा सिचाइ राज्यमन्त्री माननिय अर्जुन कुमार श्रेष्ठको प्रमुख आतिथ्य र घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा नयाँ कार्यसमितिले सपथ ग्रहण गरेको हो ।

क्लबको निवर्तमान अध्यक्षमा ललित श्रेष्ठ, प्रथम उपाध्यक्षमा विवेक आचार्य, दृतिय उपाध्यक्षमा ओविन्द्र महरा, तृतय उपाध्यक्षमा सनत गिरी, सचिवमा रविकिरण के.सी, कोषाध्यक्षमा कुलबहादुर वली रहनुभएको छ । यस्तै अन्य विभाग प्रमुखहरुमा पुष्पराज आचार्य, प्रदीपसिंह गहतराज, सुदर्शन गिरी, भुवन पोख्रेल, दिपक सेठ्ठी, बिमल श्रेष्ठ, चेतन बस्नेत, कैलाश खत्री, पंकज न्यौपाने, बसन्त खनाल, दोर्णराज पाण्डे, आर.के.शीतल र कमल पुन रहेका छन् ।