काठमाडौँ, ९ साउन । आज सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो २०७२ सालकै विनाशकारी भूकम्पको पराकम्प नै भएको विज्ञहरुले बताएका छन् । पछिल्ला केही महिनामा बारम्बार स–साना पराकम्प मापन भइरहको केन्द्रले जनाएको छ ।