इन्द्रेणी संवाददाता

आइटी शिक्षा पूरा हुनासाथ स्वदेश तथा विदेशमा काम पाइने भएकाले यसतर्फ विद्यार्थीको आकर्षण बढेको छ । नेपालमा आइटीको प्रयोग हरेक क्षेत्रमा बढ्नुका साथै जनशक्तिको माग पनि उत्तिकै भएकाले विद्यार्थीले आइटी नै अध्ययन गर्न रुचाउने इसलिङटन कलेजका आशिष सिग्देलले बताउनुभयो ।

10_11_2013-10pkj44-c-2युवा पुस्तामा बढ्दै गएको क्रेज र दैनिक उपयोगमा अत्यावश्यक बन्दै गएकाले आइटी क्षेत्र फराक बनेको उहाको भनाइ छ । स्वदेशमै बसेर विदेशी डिग्रीसमेत यो विषयमा पाउन सकिने यो प्लसटुका जुनसुकै संकायका विद्यार्थीले पाउछन् ।