इन्द्रेणी संवाददाता 

डिभिजन सहकारी कार्यालय दाङले दाङका ५ वटा सहकारी संस्थालाई खारेज गरेको छ । निस्क्रिय रहेका, लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने दाङका ५ सहकारी संस्थाको दर्ता खारेज गरेको सहकारी अधिकृत पौडेलले बताए । बिगत तिन बर्षदेखि आर्थिक कारोबारको विवरण तथा साधारणसभाको प्रतिवेदन नियमितरुपमा डिभिजन सहकारी कार्यलय दाङमा पेस नगरेको, लेखा परीक्षण पेस नगरिएको, कार्यालय सञ्चालन नगरिएकाले सहकारी संस्था खारेज गरिएको उनले जानकारी दिए ।

sahakariसहकारी ऐन २०४८ मा प्रत्येक सहकारी सङ्घसंस्थाले गरेको कारोबारको विवरण तथा अन्य विवरण तोकिएको समयभित्रमा रजिस्टारसमक्ष पेस गर्नुपर्ने प्रावधान छ । तर उनीहरुले त्यस्तो नगरेकोले खारेज गरिएको जानकारी दिइएको छ । सहकारी ऐनको दफा ३४ बमोजिम डिभिजन सहकारी कार्यालयमा विवरण पेस गर्नुपर्ने भएपनि खारेज भएकाहरुले कुनै विवरण दिएका छैन ।

एकीकरणको अवधारणा
डिभिजन सहकारी कार्यालय दाङका सहकारी अधिकृत बिनोद कुमार पौडेलले सहकारीको क्षेत्रबाट गरिब तथा निमुखाको जीवन माथि उकास्न सहकारी एकीकरणको आबश्यक अपरिहार्य भएको बताएका छन् । समान काम गर्ने दुई सहकारीबीच एकीकरण हुने हो भने अनाबश्यक खर्च ब्यबस्थापन हुने , संचालन खर्चमा कमी आउने , कर्मचारी ब्यबस्थापन गर्न सजिलो हुने उनले बताए ।

उनले भने ‘ कर्मचारी एउटै गर्ने सहकारीहरु एकिकरण भएमा कर्मचारीले खाने तलब , लगायत अन्य खर्च ब्यबस्थापनि गरी त्यसलाई सहि ठाउँमा लगाउन सकिन्छ ।’ यसैबिच बितेको आर्थिक बर्षमा राप्तीको प्युठानका दुई सहकारी एकीकरण भएको उनले बताए ।