नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा सीमामा सामान्य हेरफेर गरेको छ । आज शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम शेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताए ।
यस अघि एउटा बैंकबाट बढीमा ४ करोड र समग्रमा १२ करोड रुपैयाँसम्म मात्रै कर्जा लिन पाउने व्यवस्था रहेकोमा अब भने एउटै वा एक भन्दा बढी बैंकबाट १२ करोड रुपैयाँसम्म कर्जा लिन पाइने भएको छ । अन्य व्यवस्थाहरू भने हाललाई यथथावत राखिएको छ।
शेयर धितोकर्जामा गत वर्ष राष्ट्र बैंकले तोकेको सीमाका कारण धितोपत्र दोस्रो बजार प्रभावित हुदैं आएको तर्क जानकारहरुले गर्दै आएका थिए । आम लगानीकर्ताको हितमा ध्यान दिई राष्ट्र बैंकले शेयर धितोकर्जामा गरेको यो व्यवस्थाले बजारमा सकारात्मक प्रभाव पर्ने आशा लगानीकर्ताहरूले गरेका छन् ।











