काठमाडौं, २९ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेका छन्।
कार्यालय र निवास श्रीलंकाली जनताले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसेका राजापाक्षे देश छोडेका हुन् । उनले गएराति सैन्य विमान चढेर माल्दिभ्सको राजधानी माले पुगेका छन्।
बिबिसीका अनुसार ७३ वर्षिय राजपाक्षे स्थानीय समय अनुसार बिहान ३ बजे उनले देश छोडेका हुन् । गएको शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसेका थिए ।
जनताको विरोध र प्रदर्शनका बीच प्रधानमन्त्री रनिल विक्रमासिंघेले केही समय पहिले पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति र प्रधानमन्त्री दुबै नभएको अवस्था अहिले श्रीलंका कसले चलाइरहेको छ भन्ने प्रश्न उब्जिएको छ।
एजेन्सी











