दाङ, २४ असार । राप्ती नदीले बगाउँदा एक जना पुरुषको मृत्यु भएको छ ।
नदीले बगाउँदा राप्ती गाउँपालिका ४, मौरीघाटका ४२ वर्षीय शङ्कर चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
हिजो हँसिया, खुर्पा र फरुवामा आरन लगाउन मौरिघाटबाट गढवा गाउँपालिका—१ जेठान गाउँ जाने क्रममा चौधरीलाई नदीले बगाएको थियो। चौधरीलाई नदीले बगाएर देउखुरीको सिसहनियाँ—महदेवा जोड्ने पुल मुनि पुर्याएको थियो ।











