sf7df8f}F, @^ ;fpg . k|ltlglw;efsf] dªunaf/ a;]sf] a}7sdf cy{dGqL hgfb{g zdf{ b]zsf] jt{dfg cj:yfsf] ;DaGwdf hfgfsf/L u/fpFb} . t:jL/ M /Tg >]i7, /f;;

काठमाडौं, २२ असार । बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा विवादित बनेका अर्थमन्त्री जनार्दन शर्माले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै आज शर्माले राजीनामा दिएको जानकारी दिएका हुन् । शर्माले बजेट बनाउदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भनेर आलोचना आएको र सो समयमा सिसिटिभी फुटेज सार्वजनिक गर्न माग गरेपछि सो समयको सिसिटिभीको फुटेज मेटिएको प्रतिक्रिया दिएका थिए ।

त्यसपछि उनी झनै विवादमा परेका थिए । फुटेज डिलिट भएको र शर्मामाथि छानबिन गर्न प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई छानविनका लागि सहज बनाउनका लागि पदबाट राजीनामा दिएको उनले जनाएका छन् । शर्माले बजेट बनाउँदा आफूले कुनै गल्ती नगरेको पनि बताएका छन् ।