रुकुमकोट, २ जेठ । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएको छन्।

गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका पुनीराज घर्ती विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार तेजेन्द्र खाम मगरलाई हराउँदै ३९१३ मत प्राप्त गरी विजयी भएका हुन् । काग्रेसका तेजेन्द्रले २११३ मत प्राप्त गरेका थिए ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा पनि माओवादीकै भूपेन्द्रा बुढा ४०५९ मत प्राप्त गरी विजयी भएकी छन् । निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसकी कलाकुमारी मल्लले २०१० मत प्राप्त गरेकी थिइन् । उक्त गाउँपालिकामा माओवादीले ११ वडा जितेको छ भने २ एमालेले १ कांग्रेसले जितेको छ ।