चौरजहारी, २ जेठ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । चौरजहारी ६ मा नेपाली कांग्रेस–एमाले गठबन्धन विजयी भएको हो।

नेकपा माओवादी केन्द्रका पूर्ण बहादुर रोकायालाई पराजित गर्दै कांग्रेस–एमाले गठबन्धनका तर्फबाट अध्यक्षको उम्मेदवार कांग्रेसका जय प्रकाश बोहरा विजयी भएका हुन् ।

अध्यक्षमा बोहराले ३३५ मत प्राप्त गर्दा माओवादी केन्द्रका रोकायाले ३०७ मत प्राप्त गरेका थिए । बोहरा २०७४ मा काग्रेसबाट अध्यक्ष पदमा झिनो मतान्तरले माओवादी केन्द्रसँग पराजित भएका थिए ।

यस्तै सदस्यहरुमा भने माओवादी केन्द्रका कृति बहादुर बिक, धनमाया गहतराज बिक, संरचना महतारा र बोहरा बिरेन्द्र बोहरा विजयी भएका छन् । चौरजहारीमा वडा नम्बर १ ,२ ,३ ,४, ५ माओवादी केन्द्रले जितिसकेको छ ।