घोराही, २ जेठ । दाङको बंगलाचुली गाउँपालिकाको सबै वडाको मत गणना सम्पन्न भएको छ । सो पालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन प्यानल विजयी भएको छ ।

गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका तुल्सीराम पुन सुवास विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसका तर्फबाट भक्त बहादुर जिसी विजयी भएका छन् ।

त्यसैगरी वडा नंं १ मा कांग्रेसका विष्णु कँवर, २ मा कांग्रेसकै मैते पुन, ३ मा माओवादीका शोभाकर विश्वकर्मा, ४ मा कांग्रेसका डास बहादुर डाँगी, ५ मा माओवादीका लिलेश मगर, ६ मा कांग्रेसका डोम बहादुर केसी, ७ मा माओवादीका गिर बहादुर थापा र वडा नं. ८ मा माओवादीका झविन्द्र गाहा मगर विजयी भएका छन् । यहाँ एमालेले भने सबै पदमा पराजय भएको छ ।