दाङ, ३ साउन
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय घोराही दाङले मोटरसाइकल चालक, पछाडी वसेको यात्री तथा प्रत्येक गाडीमा रहका यात्रुहरुको दुर्घटना वीमा लागु गरेको छ ।index

मोटर बीमा दर सम्वन्धि निर्देशिका २०७३ अनुसार प्रतिव्यक्ति ५ लाखका दरले यहि श्राउन १ गतेदेखि दुर्घटना वीमा लागु गरेको हो । शाखा प्रमुख बवि गौतमले एक विज्ञप्ती जारी गरी उक्त विषयमा जानकारी गराउनुभएको छ ।

विज्ञप्तीमा उक्त कम्पनीमा वीमा भएका सवै गाडीहरुका रहेका यात्रु, मोटरसाइकल चालक र पछाडी सवार व्यक्तिले ५ लाख रुपैयाँको वीमा गरी सुरक्षित रहन आग्रह गरिएको छ ।।