असार, ३ नेपालगन्ज ।
बाँकेको नेपालगन्जमा हिजो राती भयानक कार दुर्घटना भएको छ । बा १४ च ५५४३ नम्बरको कार दुर्घटना भएको हो । नेपालगन्ज उप–महानगरपालिका काँरकाँदोमा मध्यराती भयानक कार दुर्घटना भएको हो ।
कार कसको र कसरी दुर्घटना भयो भन्ने स अहिलेसम्म खुल्न सकेको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुर्घटनाको बारेमा अहिलेसम्म थाहा नभएको बताएको छ । कार विद्य्तको पोलमा ठोक्किदा त्यसको क्षेत्रको विद्युत पनि अवरुद्व भएको छ ।।
