इन्द्रेणी संवाददाता
दाङ, ८ माघ । दाङमा प्रहरीले लागु औषध कारोवार मुद्दामा दुई वर्ष कैद र एक लाख जरिवाना फैसला सुनाइएका फरार व्यक्ति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराही ३ का टेकबहादुर नेपाली रहेका छन् । उनलाई दाङ देउखुरी जिल्ला अदालतले २०७८ बैशाख १५ गते दुई वर्ष कैद र एक लाख जरिवाना सजाय फैसला गरेको थियो । नेपालीलाई माघ ५ गते विहान घोराही मै लुकिछिपि वसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
यसैगरी लेनदेन मुद्दामा जिल्ला अदालत दाङले एक वर्ष कैद फैसला सुनाइएका अर्का व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ गर्नेमा घोराही ३ कै नैनबहादुर कामी रहेका छन् । कामीलाई जिल्ला अदालत दाङले २०७६ असार ४ गते लेनदेन मुद्दामा एक वर्ष कैद फैसला सुनाएको थियो । पक्राउ पछि दुबै जनालाई जिल्ला अदालत दाङमा बुझाइएको छ ।











