इन्द्रेणी संवाददाता
दाङ, २४ पुस । नेकपा एमालेको १३ औ जिल्ला अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रवार सम्पन्न अधिवेशनले हुकुम बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
जसमा उपाध्यक्षमा राममणी पान्डे, सचिब मनोहर बुढाथोकी, उपसचिब कृष्ण भुसाल र हिरा देवी पुन चयन भएको नेकपा एमाले दाङले जनाएको छ । नेतृत्व सर्वसम्मत चयन भएको हो ।











