इन्द्रेणी संवाददाता

दाङ, १९ पुस । नामसालिङ सामुदायीक विकास केन्द्रको परियोजना कार्यालय दाङले राप्ती गाउँपालिका दाङका विभिन्न वार्डमा गठित कृषक समूहका सदस्यहरुलाई साना कृषि औजार वितरण गरिएको छ ।

समूहमा आवद्ध कृषकहरुको खेतीपाती तथा उत्पादन–उपरान्त मूल्य अभिवृद्धि कालागी सहयोग गर्ने उद्देस्यले सामूहिक तथा बेक्तिगत रूपमा प्रयोग गर्नका लागी ५ थान मिनी टिलर, ६ थान कुटानी तथा पिसानी मिल र ८ थान मकै सेलर मसिन वितरण गरिएको हो ।

राप्ती गाउँपालिकासँगको साझेदारी तथा विकास कोष नर्वे को आर्थिक सहयोगमा सञ्चालित एकीकृत सामूदायिक विकास परियोजना मार्फत कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको हो ।

वितरण गरिएका कृषि औजारहरु कृषकहरु अन्जु खनाल फुलवारी समुह बराखुट्टी, टंकनाथ चौधरी लालिगुराँस समुह खुरूरिया, पन्चावति समाल संगिनी समुह भुल्ने, सान्तप्रसाद चौधरी नमुना समुह बसन्तापुर, कुसमि विक कोपिला समुह नयाँबस्ती, रामदुलारी चौधरी नमुना समुह बसन्तापुरलाई ५० प्रतिशत अनुदानमा कृषि औजार प्रदान गरिएको नामसालिङ सामुदायीक विकास केन्द्र का कार्यक्रम संयोजक शशांक आचार्यले जानकारी दिए ।

नामसालिङ सामुदायिक विकास केन्द्रको ५० प्रतिशत अनुदानमा मकै सेलर मसिन पाउने कृषकहरुमा गीता चौधरी, टिपुनी चौधरी, मिना चौधरी, कुल बहादुर बुढा मगर, शिवा चौधरी, विनु चौधरी र शिवा चौधरी रहेका छन् ।

नामसालिङ सामुदायीक विकास केन्द्रको ५० प्रतिशत अनुदानमा मिनि टिलर पाउने कृषकहरुमा विक्रम सुनारी मगर, रिखीराम कुमाल, सरिता उचहि, शर्मिला वली र गौरीमाया घर्तीलाई कृषि औजार प्रदान गरिएको नामसालिङ सामुदायीक विकास केन्द्र का कार्यक्रम संयोजक शशांक आचार्यले जानकारी दिए ।