काठमाडौं, १९ पुस । हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको २३६ जना केन्द्रीय सदस्यको नामवली अनुमोदन भएको छ ।
आज पार्टी पदाधिकारी चयन गर्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ । बैठकले १५ पदाधिकारी र थप केन्द्रीय सदस्यको मनोनयन गर्नेछ ।
अध्यक्ष प्रचण्डले खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम हलले ताली बजाएर अनुमोदन गरेको थियो ।३१ वर्षदेखि नेतृत्व गर्दै आउनुभएका प्रचण्ड फेरि अध्यक्षमा चयन हुने निश्चित छ ।











