दाङ, १७ पुस । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ । निधारित समयभन्दा केहीबेर ढिला शुरु भएको मतदान ५ बजे सकिएको निर्वाचन समितिले जनाएको छ ।
संस्थामा ७ हजार ४ सय ६७ जना मतदाता रहेकामा ४ हजार ४०५ मत मात्रै खसेको समितिले जनाएको छ । मत गणना आजै हुने भएकोले मत गणनाका लागि तयारी भैरहेको छ । शनिबार तुलसीपुरको अरनी मैदानमा बिहान साढे ८ बजेदेखि मतदान सुरु भएको थियो । संस्थाको नेतृत्वका लागि महिला सदस्य बाहेक अन्य पदाधिकारीका निर्वाचन हो ।
तुलसीपुरका ९ राजनीतिक दलहरुको समर्थनमा यमकान्त भण्डारीको प्यानल चुनावी मैदानमा रहेको थियो । भने अध्यक्षमा कांग्रेसबाटै बागी उम्मेद्धार पवनराज बुढाथोकी र विपि कांग्रेसबाट दिपक धिताल पनि चुनावी मैदानमा थिए । त्यस्तै उपाध्यक्षमा ३ जना, सचिवमा दुई जना, कोषध्यक्षमा चार जना र खुला दुई सदस्यमा तीन जना प्रतिस्पर्धाम छन् ।











