काठमाडौं, १६ पुस । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन पूर्वनिर्धारित समयभन्दा लम्बिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत निष्कर्ष सुनाउने तथा सुझाव दिने क्रम हिजो सकिएको छ ।
२५ वटा समूहले उठाएका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले आज दिने माओवादी केन्द्रले जनाएको छ । प्रचण्डले जवाफ दिइसकेपछि प्रतिवेदन पारित गरेर नेतृत्व छनोटको प्रक्रिया सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।











