दाङ, १५ पुस । राप्तीकै पुरानो महेन्द्र बहुमुखी क्याम्पस दाङको क्याम्पस प्रमुखमा भरतराज न्यौपाने नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयले बुधबार सहप्राध्यापक न्यौपानेलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।
न्यौपाने यस अघि सोही क्याम्पसमा सहायक क्याम्पस प्रमुखको जिम्मेवारी समालिसेका व्यक्ति हुन् । शालिन र भद्र स्वभावका मानिने न्यौपाने भूगोल विषयका सहप्राध्यापक पनि हुन् ।











