इन्द्रेणी संवाददाता
काठमाडौं, ११ पुस । पुस महिनाको आधाआधि जादैगर्दा चिसो चढ्न थालेको छ । हिमाली भेगमा हिमपात भएको छ भने तराइँमा हुस्सु लाग्ने क्रम बढेको छ ।

हिमालको हिमपात र तराइँको हुस्सुको प्रभावले अन्य क्षेत्रमा पनि चिसो बढ्दै गएको छ । त्यसमा पनि यो साता चिसो बढ्ने देखिएको छ । पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा राति पानी पर्ने सम्भावना मौसमविद्धहरुले बताएका छन् । आज काठमाण्डौमा फाट्टफुट्ट मात्रै पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताएका छन् ।