देउखुरी, २२ मंसिर । सिसहनिया उद्योग बाणिज्य संघको पहलमा सर्वोदय माध्यामिक विद्यालयको कक्षा ६ मा अध्यनरत कालापानी गाउँका अपाङ बालकलाई ह्वील चियर र न्यानो कपडाको लागि नगद प्रदान गएिको छ ।

सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष पुर्ण बहादुर बुढाथोकीको पहलमा पदाधिकारी तथा अन्य आर्थिक सहयोगीकोहरुको सहयोगमा शारिरीक रुपमा अपाङ्गता भएका बिद्यार्थी जिवलाल चौधरीलाई घर देखी बिद्यालयसम्म आउन जानमा सहयोग होस भन्ने उद्देश्यले ह्वील चियर र न्यानो कपडा खरिदका लागि नगद २ हजार रुपैया प्रदान गरिएका सचिव मदन पोख्रेलले जानकारी दिए ।

एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि देव नारायण चौधरी तथा राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विकको विशिष्ट आथित्यतामा संघका पदाधिकारीहरुले जिवलाल चौधरीलाई ह्वील चियर प्रदान गरिएको हो ।

नवनिर्वाचित पदाधिकारीको पहिलो बैठकको निर्णय अनु्ुसार मानविय सहयोगका लागि संघले कार्य सुरु गर्ने बताइएको छ । उद्योग ब्यापार र ब्यवसायीहरुको हक हितका साथै समाजमा रहेका विभिन्न सामाजिक काममा समेत सिसहनिया उद्योग बाणिज्य संघले काम गर्दै आएको उपाध्यक्ष भागवत ज्ञवाली भानुले जानकारी दिए ।

आर्थिक रुपले विपन्न परिवारका जिवलाल चौधरीलाई जिवलाल चौधरीलाई ह्वील चियर प्रदान गर्नका लागि सहयोग स्वरुप गोवर्धन रावत, बसन्त थापा र रामु दामदामले जनहि १ हजारका दरले सहयोग गरेका थिए ।

त्यस्तै पुर्ण बहादुर बुढाथोकी, मदन पोख्रेल, ईश्वरी अधिकारी, भागवत ज्ञवाली, रमेश गौतम, युवराज सेन, भरत पाण्डे, शाान्तराज भण्डारी, मनिराम बेल्वासे, निमु रावत, सन्जिव छिनाल,रामलाल पाण्डे, भानु रोकाय, हिम बहादुर रोकाय, पोम नारायण जैसी, टोप बहादुर खत्रि, निरज शेर बहादुर केसी लगायतले ५ सय रुपैयाकाका दरले सहयोग गर्नु भएको सह कोषाध्यक्ष सनिप ज्ञवालीले जानकारी दिए ।