संघीय गठबन्धनले पनि आगामी सरकारसागको सहकार्यका विषयमा आज ठोस धारणा ल्याउने भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न निशर्त सहयोग सहयोग गर्ने हिजो निस्कर्ष निकालेको गठबन्धनले आज त्यसमा हुने सहभागिताका विषयमा पनि धारणा ल्याउने छ ।

morchaबैठक हिजोदेखि ललितपुरको पुल्चोकमा सुरु भएको छ । आज आफ्ना एजेण्डासहित धारणा तय गरेर बैठक सकिनेछ । सदभावना महासचिव मनिषकुमार सुमनले कांग्रेस र माओवादीले सरकारविरुद्ध राखेको अविश्वास प्रस्तावलाई निशर्त समर्थन गरे पनि अर्को सरकार बनाउने प्रक्रियामा मोर्चाका ११ बुँदा र गठबन्धनका २६ बुँदा सम्बोधन गर्ने प्रतिबद्धता आएपछि मात्रै निर्णय लिनुपर्ने धारणा आएको बताउनुभयो ।

जेठ २५ देखि असार मसान्तसम्म खुलामञ्चमा चलेको रिले अनशनको समीक्षा पनि बैठकले गर्नेछ । हिजोको बैठकमा मधेसी मोर्चाका घटकमध्ये तमलोपा, सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतो, तमसपाका शीर्ष नेता उपस्थित भएन । आजको बैठकले अहिले केहीबेरमा सुरु हुँदैछ ।