इन्द्रेणी संवाददाता
दाङ, १२ मंसिर । नेपाली कांग्रेस दाङको सभापतिमा शंकरप्रसाद डाँगी चयन भएका छन् । पहिलो निर्वाचन प्रक्रियामा ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज आइतवार हुने भनिएको दोस्रो चरणको मतदानमा डाँगीका प्रतिस्पर्धी सभापतिका उम्मेदनार भुपबहादुर डाँगीले उम्मेदवारी फिर्ता लिएपनि डाँगी सभापतिमा निर्वाचित भएका हुन् ।
शनिवार भएको सभापतिको निर्वाचनमा चार जना सभापतिका उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । सो मध्येमा कसैले पनि कूल मतको ५१ प्रतिशत नल्याएपछि पार्टीको विधानअनुसार दोस्रो चरणका लागि आज मतदान गर्ने समय तय गरिएको थियो ।
आज हुने भनिएको निर्वाचनमा भुपबहादुर र शंकर डाँगीबीच प्रतिस्पर्धा हुने देखिएको थियो । तर, भुपबहादुरले उम्मेदवारी फिर्ता लिएपछि शंकरप्रसाद डाँगी सभापतिमा चयन भएको नेपाली कांग्रेस दाङले जनाएको छ ।











