इन्द्रेणी संवाददाता
दाङ, १२ मंसिर । जिल्ला सभापतिका लागि नेपाली कांग्रेस दाङमा पुनः आज मतदान हुने भएको छ ।
हिजो शनिवार भएको निर्वाचनमा सभापतिका लागि प्रतिस्पर्दा गरेका चारै जना उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज फेरि मतदान हुने भएको हो ।
आज आइतवार हुने मतदानमा चार जना मध्ये दुई जनाबीच मात्रै प्रतिस्पर्धा हुनेछ । संस्थापन पक्षबाट सभापतिमा उम्मेदवारी दिएका भुपबहादुर डाँगी र संस्थापन इतरतर्फबाट उम्मेदवारी दिएका शंकरप्रसाद डाँगी बीच प्रतिस्पर्धा हुनेछ । मतदान आज विहान ९ बजेबाट शुरु हुदैछ । हिजो शनिवार भएको निर्वाचनबाट सभापतिका उम्मेदवार कमल किशोर घिमिरे र जानकी लाल वस्नेत भने चुनावी प्रक्रियाबाट वाहिरिएका छन् ।











