इन्द्रेणी संवाददाता
भालुवाङ, २८ कार्तिक । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले रदेशसभामा पेश भएको सञ्चारसम्बन्धी विधेयक तत्काल फिर्ता गरी पुनर्लेखन गर्न माग गरेको छ । आज प्रदेशको स्थायी राजधानी भालुवाङमा सम्पन्न दोस्रो बैठकबाट यस्तो माग गरिएको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमको प्रमुख आतिथ्यतामा वसेको बैठकले प्रदेशभित्रका सबै पत्रकारहरुको दुर्घटना विमा गर्ने,पत्रकार कल्याणकारी कोष स्थापना गर्ने, शीतगङ्गा नगरपालिकाबाट प्राप्त करीव ३ रोपनी जग्गामा सुविधासम्पन्न र भव्य प्रदेश कार्यालय भवन निर्माण गर्ने, अन्तर्राष्ट्रिय मिडिया सम्मेलन लुम्बिनीमा आयोजना गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले विभिन्न ५ विभागहरु पनि गठन गरेको छ । जसअन्तर्गतअनुसासन विभाग संयोजक शुक्रऋषि चौलागाईं, महिला विभाग संयोजक चुमा आचार्य, संगठन विभाग संयोजक विक्रम खड्का, समावेशी विभाग संयोजक शिव सुनार र प्रकाशन विभाग संयोजक केशरमान बुढाथोकीलाई तोकेको छ ।

त्यस्तै रुकुम पूर्वमा मंसिर मसान्तसम्म महासंघको शाखा गठन गर्ने पनि बैठकले निर्णय गरेको छ ।