इन्द्रेणी संवाददाता
दाङ, १५ कार्तिक । दाङमा प्रहरीले ४ लाख ६४ हजार ८८१ रुपैयाँ नगदसहित २० जना जुवाडेलाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १८ सझेनास्थित यज्ञ खड्काको घरमा जुवा खेलिरहेको अबस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोप्पे सूचनाका आधारमा उनीहरुलाई आइतवार राति नगद, तासलगायतका सामग्रीहरु वरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउपछि उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुुकुन्द प्रसाद रिजालले बताएको छ ।

पक्राउ पर्नेहरु व्यक्तिहरु यसप्रकार छन् :